मधुमेह (Diabetes Mellitus)

परिचय (Introduction)

मधुमेह (डायबेटिज) एक दीर्घकालीन रोग हो जसमा शरीरमा रक्त सुगर मात्रा असामान्य रूपमा बढ्ने गर्छ। यो रोग इन्सुलिन नामक हर्मोनको कमी वा प्रभावहीनताका कारण हुन्छ। समयमै उपचार र नियन्त्रण नगरे यसले आँखाको दृष्टि, मिर्गौला, मुटु र स्नायु प्रणालीमा गम्भीर असर पुर्‍याउन सक्छ।

प्रकारहरू (Types of Diabetes)

1. टाइप-१ मधुमेह (Type 1 Diabetes):
       शरीरले इन्सुलिन बनाउँदैन। प्रायः बालबालिका र किशोरहरूमा देखिन्छ।
2. टाइप-२ मधुमेह (Type 2 Diabetes):
      शरीरले इन्सुलिन पर्याप्त उत्पादन नगर्ने वा प्रभावकारी रूपमा प्रयोग नगर्ने। प्रायः वयस्क र मोटोपन भएका व्यक्तिमा।
3. गर्भावधि मधुमेह (Gestational Diabetes):
      गर्भावस्थामा देखिने अस्थायी मधुमेह।

कारणहरू (Causes)

  • अनुवांशिक कारण
  • (Genetics)मोटोपन
  • व्यायामको कमी
  • अस्वस्थ खानपान
  • उमेर वृद्धि
  • तनाव र मानसिक स्वास्थ्य समस्या

निदान (Diagnosis)

  • उपवास अवस्थामा रक्त सुगर (Fasting Blood Sugar)
  • खाना खाएपछि रक्त सुगर (Postprandial Blood Sugar)
  • HbA1c (३ महिनाको औसत रक्त सुगरको स्तर)
  • OGTT (Oral Glucose Tolerance Test)

जटिलताहरू (Complications)

  • मुटु रोग र उच्च रक्तचाप
  • मिर्गौला फेल हुने जोखिम
  • दृष्टि गुम्ने वा अन्धोपन
  • स्नायु क्षति (Neuropathy)
  • कुनैपनि रोग निको नहुने समस्या
  • स्ट्रोक (Brain Stroke)

निगरानी र नियन्त्रण (Monitoring & Management)

  • नियमित ब्लड सुगर परीक्षण
  • HbA1c जाँच (३-६ महिनामा एकपटक)
  • रक्तचाप र कोलेस्ट्रोलको निगरानी
  • स्वस्थ वजन कायम गर्नु
  • चिकित्सकको सल्लाह अनुसार औषधि वा इन्सुलिन प्रयोग

खानपान बानी (Food Habits)

  • फाइबरयुक्त खाना (सागसब्जी, साबुत अन्न)
  • चिनी, नुन, बोसो कम गर्नु
  • प्रशोधित र जंकफुडबाट टाढा रहनु
  • समय समयमा थोरै थोरै भोजन गर्नु
  • प्रशस्त पानी पिउनु
  • चुरोट, मदिराबाट टाढा रहनु
Review Your Cart
0
Add Coupon Code
Subtotal